राष्ट्रपतिद्वारा रेलवे अध्यादेश जारी, दुई साताभित्रै रेल उद्घाटन हुने

RONB Update - Reporter
0
०८ चैत्र, काठमाण्डौँ (Source: eKantipur): राष्ट्रपति कार्यालयले मंगलबार रेलवे अध्यादेश जारी गरेसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको छ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाका अनुसार अब रेल सञ्चानका लागि कानुनी समस्या हुने छैन । बढीमा दुई साता भित्र रेलको आाधिकारिक रुपमा उद्घाटन गरेर सञ्चालन गरिने उनको भनाइ छ । तयारी बिना २०७७ असोजमा ल्याइएका दुई वटा रेल सेटको गत फागुन १ गतेदेखि यात्रुबिना ‘ड्राई रन’ (परीक्षण) जारी छ । यसअघि दुई पटक जारी भएको अध्यादेशको समय गुज्रिएको थियो । अब भने सबै तयारी पुरा भएकाले सञ्चालनमा समस्या नहुने नेपाल रेलवे कम्पनीले जनाएको छ ।

Rastrapati Dwara Railway Adhyadesh Jari 2 Satabhitra Rail Udhghatan

भारत र नेपालका प्रधानमन्त्रीले संयूक्त रुपमा उद्घाटन गरी रेल सेवा व्यवसायिक रुपमा सञ्चालन ल्याउने तयारी छ । त्यसका लागि छिट्टै मिति तय हुने महाप्रबन्धक झाको भनाइ छ । उद्घाटन भर्चुअल्ली हुने जनाइएको छ । ‘चार दिन ड्राइ रन बन्द गरेर ट्रयाकको काम सक्ने छौं,’ उनले भने, ‘विगतमा भएका प्रावधानहरु नै राखेर अध्यादेश जारी गरिएको हो, सबै प्रावधान जस्ताको तस्तै आएको छ ।’ रेल जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३४ दशमलव ९ किलोमिटर दूरीमा दिनमा एक पटक चल्ने छ । कुर्थादेखि जयनगरसम्म यात्रा गर्ने यात्रुले सामान्य ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैयाँ तिर्नेगरी भाडादर कायम गरिएको छ ।

Source Link: eKantipur
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !